काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार पनि बजार घटेर बन्द भएको छ । आज नेप्से १८ दशलमव २५ अंक घटेर २ हजार ६२७ दशमलव १४ विन्दुमा झरेको छ । अघिल्लो कारोबार दिन गत बुधवार नेप्से २० दशमलव ४१ अंक घटेको थियो ।
पछिल्लो समय बैंकको ब्याजदर निकै तल्लो विन्दुमा आएको छ । सूचीकृत कम्पनीहरूले धमाधम लाभांश घोषणा गर्न थालेका छन् । यो कारण अबका दिनमा शेयर बजारमा सकारात्मक प्रभाव पर्ने जानकार बताउँछन् ।
यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ६२ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव ८० प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ७६ प्रतिशत घटेको छ ।
आज ३१७ धितोपत्रको १ करोड २२ लाख ८३ हजार ६२३ कित्ता शेयर ६१ हजार ७८५ पटकमा रू. ५ अर्ब ४१ करोड बराबरको कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये नेपाल एसबिआई बैंकको शेयर मूल्य सबैभन्दा बढी ९ दशमलव ७५ प्रतिशत वृद्धि भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ५३० पुगेको छ । दोस्रोमा पिपुल्स हाइड्रोपावर कम्पनीको शेयर मूल्य ८ दशमलव ०५ प्रतिशत बढेर रू. ५०८ दशमलव ८० कायम भएको छ ।
बिहीवार रावा इनर्जी डेभलपमेन्टको शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत घटेसँगै नेगेटिभ सर्किट लागेको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ७९९ दशमलव २० मा झरेको छ । त्यस्तै एनआईबिएल समृद्धि २ को इकाई मूल्य ५ दशलमव ७३ प्रतिशत घटेर रू. ८ दशमलव ३९ कायम भएको छ ।
शेयर सर्वाधिक खरीदविक्रीको हिस्सा एनएलजी इन्स्योरेन्स कम्पनीले ओगटेको छ । यस कम्पनीको रू. ३४ करोड ३१ लाख बराबरको शेयर कारोबार भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ३५७ कायम भएको छ ।
शेयर सर्वाधिक खरीदविक्री हुने दोस्रोमा रहेको साहस उर्जा लिमिटेडको रू. २४ करोड ९३ लाख बराबरको भएको हो ।
कारोबारमा आएका १३ समूहगत सूचकमध्ये जलविद्युत् समूहको सूचक शून्य दशलमव ३६ प्रतिशत वृद्धि भएको छ भने बाँकी सबै समूहको सूचक घटेको छ । तीमध्ये व्यापार समूहको सूचक सबैभन्दा बढी १ दशलमव ९३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको सूचक १ दशमलव २६ प्रतिशत र बैंकिङ्ग समूहको सूचक १ दशमलव ०२ प्रतिशत घटेको छ ।