काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा टेक बहादुर बोहरा नियुक्त भएका छन् । कम्पनीको असोज ५ गते बसेको सञ्चालक समितिको बैठकले बोहरालाई अध्यक्ष नियुक्त गरेको हो ।
यसअघिका कम्पनीका अध्यक्ष सन्तोष फुयालले दिएको राजीनामा संस्थाको असोज ४ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको थियो ।
उनको राजीनामा असोज ५ गतेदेखि लागू हुनेगरी स्वीकृत भएको हो । तर, उनी सञ्चालक सदस्य भने रहने कम्पनीले नेप्सेमार्फत जनाएको छ ।