काठमाडौं। निओ मनि ट्रान्सफर र कुवेतको अल–एक्तसाद युनाइटेड एक्सचेन्जबीच सहकार्य भएको छ । सहकार्यसँगै कुवेतमा रहेका नेपालीले सुरक्षित र सहज रूपमा पैसा पठाउन सक्ने कम्पनीले जानकारी दिएको छ ।
कुवेतमा रहेका नेपालीले अल–एक्तसादका १२ शाखाबाट छिटो र प्रभावकारी रूपमा नेपालमा पैसा पठाउन सक्ने बताइएको छ । बैंक तथा वालेट भुक्तानी कारोबार निओमार्फत तुरुन्तै सेवाग्राहीको खातामा भुक्तानी हुनेछ । साथै नगदमा पठाइएको कारोबार पनि निओका नेपालमा रहेका १५ हजारभन्दा धेरै शाखाबाट सजिलै प्राप्त गर्न सकिने बताइएको छ ।
निओका प्रमुख कार्यकारी अधिकृत सागर खनालले कम शुल्क र प्रतिस्पर्धी दरमा ‘कष्ट अफ मुभिङ फण्ड’ घटाउने कम्पनीको दृष्टिकोणलाई यस सहकार्यले समर्थन गरेको बताए ।