काठमाडौं । फोटन नेपालले नेपालका लागि विशेष डिजाइन गरिएको माउन्टेन ईभी नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले एकैपटक १०० ओटा सवारीसाधनहरू डेलिभरी गर्दै उक्त ईभी सार्वजनिक गरेको हो ।
कम्पनीका अनुसार यो ईभीमा ५३.५८ किलोवाट ब्याट्री समावेश छ, जसले पूर्ण चार्जमा ३०० किलोमिटरसम्मको ड्राइभिङ्ग रेञ्ज दिन्छ । साथै, यसमा १३० किलोवाट अधिकतम पावर, ३३० अधिकतम टर्क र २५ प्रतिशत ग्रेडेबिलिटी छ ।
नेपालको जटिल भौगोलिक आवश्यकताहरूलाई ध्यानमा राखेर यो ईभी बनाइएको कम्पनीको भनाइ छ ।
एमएडब्लू वृद्धि समूहका निर्देशक विवेक सिकरिया भन्छन्, 'आज हामी नेपाली बजारमा फोटन माउन्टेन ईभी भ्यान ल~r गर्न पाउँदा अत्यन्तै खुशी छौं । यो एक नवीनतम विद्युतीय सवारी साधन हो, जसले नेपालको सवारी साधन क्षेत्रलाई नयाँ दिशामा लैजाने छ ।'
एमएडब्लू वृद्धि समूहका सीईओ तुषार गुप्ता भन्छन्, 'फोटन लगातार १९ वर्षसम्म चीनको शीर्ष ब्रान्डको रूपमा स्थापित रहेको, भारतमा सबैभन्दा धेरै ईभी बसको रुपमा विक्री भएको, ९ लाखभन्दा बढी व्यावसायिक सवारी साधनहरूको रुपमा निर्यात र दक्षिण अमेरिकामा अग्र स्थानमा स्थापित भएको छ। माउन्टेन ईभी आफ्नो सेग्मेंटको एक उत्कृष्ट सवारीसाधन हो, जुन नेपालका लागि निर्माण गरिएको हो।'
माउन्टेन ईभी १४ देखि १६ सीट सम्मको विभिन्न मोडलहरूमा उपलब्ध छ, जसमा अत्यधिक स्पेस र आरामदायी हाई रुफको सुविधा छ। यससँगै गाडीमा अटो होल्ड कन्ट्रोल, हिल होल्ड कन्ट्रोल, दुईओटा ड्राइभिङ मोड लगायतका सुविधा छन् ।