काठमाडौं। दिपल, सेरेस र नामी इभीको नेपाली वितरक एमएडब्ल्यू वृद्धिले पोखरामा ‘एक्सचेन्ज तथा टेस्ट ड्राइभ क्याम्प’ आयोजना गरेको छ । पोखरा इभेन्ट सेन्टर, बुलाउदी–०६ मा सोमवार शुरू भएको एक्सचेन्ज तथा टेस्ट ड्राइभ क्याम्प बुधवार (आज)सम्म चल्नेछ ।
‘एक्सचेन्ज इभेन्ट’को अवधिमा ग्राहकले दिपल, सेरस र नामीले नाडा अटो सोमा जारी गरेको विशेष अफर उपयोग गर्न सक्ने बताइएको छ, जसअन्तर्गत दिपल एस ०७ बजेट अघिको मूल्य अथवा ७१ लाख ९९ हजार रुपैयाँमा खरीद गर्न सकिने बताइएको छ । साथै, नयाँ सेरेस थ्रीलाई ४५ लाख ४९ रुपैयाँमा खरीद गर्न सकिने बताइएको छ । त्यस्तै नामी ईभीमा ७ किलोवाटको चार्जर पाइने बताइएको छ ।
ग्राहकले हरेक टेस्ट ड्राइभ र पुरानो गाडीको मूल्यांकनमा आकर्षक उपहार पाउनेछन् । यसबाहेक ‘अनस्पट फाइनान्सिङ’ र ‘अनस्पट डेलिभरी’ पनि लिन सक्ने बताइएको छ । दिपल, सेरेस र नामी ८ दशमलव ४९ प्रतिशतको निश्चित ब्याजदरमा पाइने कम्पनीले जानकारी दिएको छ ।