काठमाडौं। सिद्धार्थ बैंक र गोल्ड जिम फिटनेस इन्स्टिच्युट प्रालिबीच बैंकका ग्राहकलाई छुट दिनेसम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकले चितवनको पर्सास्थित गोल्ड जिम फिटनेसमा बैंकको कार्ड तथा मोबाइल बैंकिङ सेवाबाट भुक्तानी गर्दा ५० प्रतिशतसम्मको छुट पाउनेछन् । सम्झौताले ग्राहकलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्ने बैंकको विश्वास छ ।
सम्झौताबारे थप जानकारीका लागि बैंकको चौबिसैै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’मा सम्पर्क गर्न सकिने बताइएको छ । बैंकले डिजिटल भुक्तानीको प्रयोग बढाउन र ग्राहकलाई डिजिल भुक्तानीमा प्रोत्साहन गर्न केही समयअघि ‘सिद्धार्थ रिवार्ड्स’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ ।