काठमाडौं । प्रभु बैंक लिमिटेड र गण्डकी ट्याक्सी व्यवसाय प्रालिबीच नगदरहित भुक्तानी प्रणालीको सहकार्यसम्बन्धी सम्झौता भएको छ ।
प्रभु बैंकका गण्डकी प्रदेश, प्रमुख व्यवसाय केन्द्र अधिकृत शान्ती शेरचनको विशेष उपस्थितिमा भएको सम्झौतामा बैंकका प्रमुख प्रदेश अधिकृत राजु राना मगर तथा गण्डकी ट्याक्सी व्यवसाय प्रालिका अध्यक्ष गान्धिराज गिरीले हस्ताक्षर गरी उक्त कार्यक्रमको शुभारम्भ गरेका छन् ।
गण्डकी ट्याक्सीमा व्यवसाय प्रालिमा आवद्ध ट्याक्सी व्यवसायीहरूको प्रभु बैंकमा खाताबाट सहज रूपमा रकम झिक्न, आप्mनो खाताको पूर्ण जानकारी मोबाइल एप्लिकेशनबाट प्राप्त गर्न, विभिन्न बैंक÷वित्त तथा अन्य गेट–वेमार्फत् रकमान्तर तथा भुक्तानी गर्न, महशुल तथा शुल्क भुक्तानी गर्न, सार्वजनिक यातायातमा हुने भुक्तानीलाई विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध गराउन उक्त सम्झौता गरिएको प्रभु बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। उक्त कार्यक्रममा ‘फोन पे’का प्रतिनिधिहरूको पनि उपस्थिति थियो ।
गण्डकी ट्याक्सीमा आबद्ध १५० भन्दा बढी ट्याक्सी चालकका लागि बैंकको तर्फबाट क्युआर, डेबिट कार्ड तथा डिजिटल सचेतनासँग सम्बन्धित सामग्री उपलब्ध गराइएको छ । निकट भविष्यमा अन्य ३५० भन्दा बढी ट्याक्सी चालकलाई यस्तो सुविधा उपलब्ध गराइने बैंकले जनाएको छ ।
कार्यक्रममा बैंकको तर्फबाट ट्याक्सी चालकका लागि क्युआर, डेबिट कार्ड तथा अन्य डिजिटल प्रोडक्टको सञ्चालन, उपयोगिता, रकमान्तर तथा यसबाट हुने जोखिम न्यूनीकरणका उपायसम्बन्धमा झण्डै १ घण्टाको दृष्यचित्रसहित चेतनामुलक सामाग्री प्रस्तुत गरिएको थियो ।
यो सम्झौताबाट ट्याक्सी व्यवसायीसहित सेवाग्राहीसमेत लाभान्वित हुने बैंकको विश्वास छ ।