काठमाडौं । हुलास आईरन इन्डष्ट्रिज लिमिटेडले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न यही पुस २५ गते दोस्रो वार्षिक साधारण सभा बोलाएको छ ।
मंसिर २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पुस २५ गते गणेशस्थान हामा अईरन बिल्डिङमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले प्रिमियममा आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरी त्यसकाे लागि सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिनेछ ।
आईपीओ निष्कासनपछि कम्पनीको पूँजी संरचना परिवर्तन हुने भएकाले सोहीबमोजिम प्रबन्धपत्र तथा नियमावलीमा परिवर्तन गर्ने विषय पनि सभाका लागि तय भएको छ ।
साथै सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नेछ । यस्तै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याउनेछ ।