काठमाडौं । सरकारले प्लास्टिक फूलआयात र विक्रीमा प्रतिबन्ध लगाए आयात नरोकिएको सरकारी तथ्यांकले देखाउँछ । वन तथा वातावरण मन्त्रालयले २०७९ साउन १२ मा राजपत्रमा सूचना प्रकाशित गरी प्लास्टिक फूल, माला र गुच्छाको उत्पादन, विक्री, आयात, वितरण र भण्डारणमा समेत प्रतिबन्ध लगाएको थियो । तर, भन्सार विभागको तथ्यांकले आयात भइरहेको देखाउँछ ।
व्यापक मात्रामा फूलमाला विक्री हुने तिहारको मौका पारेर कतिपय स्थानीय निकायले सूचना प्रकाशित गरी प्लास्टिकका फूलमाला नबेच्न आग्रहका साथ बेचे कारबाही गर्ने चेतावनी दिएका छन् । काठमाडौं महानगरपालिकाले गत बिहीवार एक सूचनामार्फत प्लास्टिकका पुष्पगुच्छा र मालाको आयात एवं विक्रीवितरणमा प्रतिबन्ध रहेको सम्झाउँदै अटेरी गरी विक्रीवितरण गरे कारबाही गर्ने बताएको छ ।
मंगलवार महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले प्रतिबन्धित प्लास्टिक फूलविक्रीवितरण गरेको भेटिए प्रचलित कानूनबमोजिम कारबाही हुने सामाजिक सञ्जालमार्फत चेतावनी दिएका छन् । ‘एकल प्रयोगको प्लास्टिक, प्लास्टिकको फूलगुच्छा, माला विक्रीवितरण, भण्डारण, ओसारपसार र प्रयोग तथा ४० माइक्रोनभन्दा पातला झोला विक्रीवितरण, भण्डारण, ओसारपसार तथा प्रयोग पूणर्रूपमा २०७९ साउन १२ देखि प्लास्टिक पूmल, माला र गुच्छाको उत्पादन, विक्री, आयात, वितरण र भण्डारणमा प्रतिबन्ध आर्थिक वर्ष २०८१/८२ को पहिलो ३ महीनामा २६ लाख ८९ हजार रुपैयाँ बराबरको प्लास्टिक फूलतथा गुच्छा आयात प्रतिबन्धित माला विक्रीवितरण गरे कानूनबमोजिम कारबाही गर्ने काठमाडौं महानगरको चेतावनी निषेध गरिएको हुनाले उक्त वस्तुहरूको उत्पादन, विक्री वितरण, भण्डारण, ओसारपसार र प्रयोगमा प्रतिबन्ध लगाइएको’ महानगरको सूचनामा उल्लेख छ ।
भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो ३ महीनामा २६ लाख ८९ हजार रुपैयाँ बराबरको प्लास्टिक फूलतथा गुच्छा आयात भएको छ । गत आवको पहिलो ३ महीनामा ७० लाख ६२ हजार रुपैयाँको प्लास्टिक फूलआयात भएको थियो । सरकारले २ वर्षअघि नै आयातमा प्रतिबन्ध लगाएका प्लास्टिक फूलतथा गुच्छाहरू तिहार नजिकिएसँगै बजारमा विक्री भइरहेको पाइएको प्mलोरिकल्चर एशोसिएशन नेपालका निवर्तमान अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिए ।
'खुलेआम प्लास्टिक फूलबजारमा विक्री भएको पाएपछि गतवर्ष हामीले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई जानकारी गराएका थियौं । त्यसबेला विभागले प्रतिबन्धपूर्व आयात भएको र एकपटक मौका दिनुपर्ने भन्दै विक्री गर्न दियो । यसपालि हामी तिहारका लागि फूलव्यवस्थापनमै व्यस्त भएकाले खबर गर्न भ्याएका छैनौं । तर, बजारमा विक्री भएको पाइएको छ,’ तामाङले भने ।
भन्सार विभागका अधिकारी प्रतिबन्धित प्लास्टिक फूल आयात नभएको दाबी गर्छन् । विभागका सूचना अधिकारी मुक्तिप्रसाद श्रेष्ठले भन्सारमार्फत यस्ता वस्तु आयात नभएको दाबी गरे । विभागका अर्का अधिकारी भन्सार जाँचपासका क्रममा तथ्यांक राख्न त्रुटि भई आयात भएको देखिएको हुन सक्ने बताउँछन् ।
काठमाडौं महानगरका ४६ ठाउँमा फूलमाला विक्रीकक्ष
काठमाडौं महानगरपालिकाले स्वदेशमा उत्पादित फूल विक्री वितरणलाई व्यवस्थित गर्न ४६ ठाउँमा प्रबन्ध मिलाएको
छ । महानगरपालिका क्षेत्रभित्र यस्तो प्रबन्ध गरिएको महानगरको भनाइ छ । प्लास्टिकजन्य फूल र सजावट सामग्री विक्री वितरणमा रोक लगाउँदै स्वदेशमा उत्पादित फूलको व्यापार प्रवर्द्धन गर्न विक्री स्थान तोकिएको काठमाडौंका मेयर बालेन शाहले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
महानगरले गतवर्ष पनि भृकुटीमण्डप, तीनकुने चौर, हाँडीगाउँ, बालाजु, विष्णुमती कोरिडोर लगायत स्थानलाई फूल विक्रीस्थल तोकेको थियो I गतवर्षको सिकाइ र अभ्यासबाट यस वर्ष फूल विक्रेता किसानलाई सहज बनाउने प्रयास हुने मेयर शाहले बताए । महानगरले आरती पार्टी प्यालेस माछापोखरी, बुद्ध मल माछापोखरी, धर्मचक्र पार्क स्वयम्भू, साल्ट ट्रेडिङ कर्पोरेशन कालीमाटी, कलंकी ट्रेड सेन्टरलगायत ४६ स्थानमा फूल विक्री कक्ष तोकेको हो ।