काठमाडौं । पूँजीबजारसँग जोडिएका प्रणालीलाई थप परिष्कृत बनाइने भएको छ । नेपाल धितोपत्र बोर्ड , नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडकाबीच पूँजीबजारसँग जोडिएका प्रणालीहरुलाई थप परिष्कृत बनाउने विषयमा छलफल भएको हो ।
बुधवार नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठ, नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चुडामणी चापागाई र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका प्रबन्ध सञ्चालक प्रविन पन्दाकबीच भएको भेटमा नेपालको पुँजी बजार र यस सँग जोडिएका प्रणालीहरूलाई थप परिष्कृत बनाउँदै लग्ने विषयमा छलफल भएको हो । बोर्डका कार्यालय खुमलटार, ललितपुरमा भएको छलफलमा आगामी दिनमा समेत यस्ता विषयमा नियमित रूपमा समन्वयात्मक बैठक जारी राख्ने सहमति समेत बनेको छ । उक्त छलफल कार्यक्रममा बोर्डका नियमन विभाग प्रमुख मुक्तिनाथ श्रेष्ठ र सुपरीवेक्षण विभाग प्रमुख रूपेश केसीको समेत सहभागीता रहेको थियो ।