काठमाडौं। काठमाडौंमा पहिलोपटक राइनो प्लास्टिक वर्कशप हुने भएको छ । फ्रन्टलाइन हस्पिटलमा आगामी शनिवार र आइतवार (मङ्सिर ८ र ९ गते) नाक, कान, घाँटी अन्तर्गत राइनो प्लास्टिक (नाकको सर्जरी) हुन लागेको हो । वर्कशपमा २५ जना देश तथा विदेशका डाक्टरको सहभागिता रहनेछ ।
मलेशियाली डाक्टर एलान कुमारनको नेतृत्वमा नेपालका डाक्टरहरूले नाक ठूलो–सानो बनाउने वर्कशप हुनेछ । नाकको शल्यक्रिया गरेर आवश्यकता अनुसारको बनाउन सञ्चालन गर्न लागिएको वर्कशपमा डा. सरिना राजभण्डारी, डा. जेनी सुवाल, फ्रन्टलाइन हस्पिटलका मेडिकल भाइस प्यसिडेट डा. योगेश न्यौपानेसहितका नेपाली डाक्टर समेत रहनेछन् । वर्कशपमा हेल्दी च्वाइसको साथ रहेको छ ।
एलानले गर्ने लाइभ सर्जरीमा उनलाई नेपाली डाक्टरहरू भण्डारी, सुवालले सहयोग गर्नेछन् । अन्य डाक्टर अप्रेसन थियटरमा रहनेछन् भने कतिपयले कन्फ्रेन्स हलसम्म लाइभ टेलिकास्ट हेर्न पाउनेछन् ।
ओस्टियोपोर इन्टरनेशनलको नेपाल डिस्टिब्युटर धर्ती मेडिटेक प्रालि, फ्रन्टलाइन हस्पिटल, हेल्दी च्वाइस एस्थेटिक्स अस्पताल लगायतको संयुक्त आयोजनामा हुने वर्कशपमा शनिवार लाइभ सर्जरी हुनेछ । साथै आइतवार फिलिपिन्स र भारतका डाक्टरले राइनो सर्जरीका बारेमा प्रशिक्षण दिने कार्यक्रम रहेको कार्यक्रम संयोजक रामशरण मल्लले जानकारी दिए ।