logo
सानिमा म्युचुअलका तीनओटै फण्डको न्याभ बढ्यो, यस्ता छन् अन्य सूचक
सानिमा म्युचुअलका तीनओटै फण्डको न्याभ बढ्यो, यस्ता छन् अन्य सूचक
१४ श्रावण २०८०

काठमाडौं । सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालित सानिमा ग्रोथ फण्ड, सानिमा लार्ज कयाप फण्ड र सानिमा इक्वीटी फण्डले असार मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरण अनुसार यी तीनओटै फण्डको न्याभ जेठको तुलनामा असारमा वृद्धि भएको छ । 

सानिमा इक्वीटी फण्डको न्याभ जेठ मसान्तमा १२ रुपैयाँ ८० पैसा रहेकोमा असार मसान्तमा बढेर १३ रुपैयाँ ०९ पैसा पुगेको हो । त्यस्तै सानिमा लार्ज क्याप फण्डको न्याभ जेठ मसान्तमा ९ रुपैयाँ ५६ पैसा रहेकोमा असार मसान्तमा बढेर ९ रुपैयाँ ७८ पैसा पुगेको छ ।

त्यसैगरी, सानिमा ग्रोथ फण्डको न्याभ जेठमा १० रुपैयाँ ०९ पैसा रहेकोमा असार मसान्तमा १० रुपैयाँ २७ पैसा पुगेको हो । न्याभसँगै यस फण्डको नाफामा पनि वृद्धि भएको छ । ्फण्डले जेठ मसान्तसम्म रू. ६३ लाख ४९ हजार नाफा कमाएकोमा असार मसान्तसम्म बढेर रू. १ करोड ८२ लाख १४ हजार पुगेको छ । यस फण्डले असारमसान्तसम्म सूचीकृत शेयरमा ३२ करोड ४१ लाख रूपैयाँभन्दा बढी लगानी गरेको छ ।

सानिमा लार्ज क्याप फण्डको नाफा पनि जेठको तुलनामा असारमा वृद्धि भएको छ । फण्डले जेठ मसान्तमा रू. ७ करोड ९८ लाख नाफा कमाएकोमा असार मसान्तमा वृद्धि भएर रू. १० करोड ६३ लाख पुगेको छ । असारमा फण्डको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । यस फण्डले असार मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ७५ करोड ६९ लाख लगानी गरेको छ । 

सानिमा ग्रोथ फण्डले असार मसान्तसम्ममा सूचीकृत शेयरमा रू. २८ करोड ७७ लाख लगानी गरेको छ । जेठ मसान्तमा भने फण्डले सूचीकृत शेयरमा रू. २३ करोड लगानी गरेको थियो । जेठ मसान्तसम्ममा फण्डले रू. ६३ लाख ४९ हजार नाफा कमाएकोमा असार मसान्तमा बढेर रू. १ करोड ८२ लाख पुगेको छ । 

सानिमा इक्वीटीको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोला  

सानिमा लार्ज क्याप फण्डको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोला  

सानिमा ग्रोथ फण्डको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोला

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.