काठमाडौं । मर्जरपछि बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साबिक ज्योति लाइफ इन्स्योरेन्सको मुनाफा रकम जगेडा कोषमा राख्ने निर्णय गरेको छ । कम्पनी सञ्चालक समितिको साउन १७ गते बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
साबिक ज्योति लाइफ इन्स्योरेन्स आर्थिक वर्ष २०७९/८०को साउन १ गतेदेखि पुस ६ गतेसम्मको वित्तीय विवरणअनुसार मुनाफामा रहेको र उक्त मुनाफा रकम जगेडा कोषमा राख्ने निर्णय भएको कम्पनीले नेप्सेमार्फत जानकारी दिएको छ ।
साबिक ज्योति लाइफ र सूर्या लाइफ इन्स्योरेन्स आपसमा गाभिएर सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी बनेको छ । मर्जरपछि बनेको सूर्यज्योति लाइफले गत वर्ष पुस ७ गते एकीकृत कारोबार शुरु गरेको थियो ।
सो बैठकले साबिक ज्योति लाइफको पूँजी, रिजर्भ, लगानी रकम, जीवन बीमा कोषलगायत सम्पूर्ण सम्पत्ति तथा दायित्व सूर्यज्योति लाइफमा समायोजन गर्ने निर्णय पनि गरेको छ ।