काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले पुस २९ गते आठौं वार्षिक साधारण सभा गर्ने भएको छ । सभा ललितपुरको धोबिघाटस्थित सिद्धार्थ कटेज रेस्टुरेन्ट एण्ड बार प्रा.लि.मा उक्त दिन बिहान १०ः३० बजे शुरु गर्ने कम्पनीले जानकारी दिएको छ ।
सभाले अधिकृत र जारी पूँजी वृद्धि गर्ने र हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै सभाले गत आर्थिक वर्ष (आव)को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस २० गते बुक क्लोज गर्ने भएको छ । यस बुक क्लोजको आधारमा पुस १९ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन्।