वीरगञ्ज । सिमेन्टमा मूल्यमा कार्टेलिङ गरिएको भन्दै वीरगञ्जमा बिहीवार प्रदर्शन भएको छ । मधेशका प्रदेशसभा सदस्य रहबर अन्सारीको अगुवाइमा सिमेन्टको बोराको पोशाक लगाएर प्रदर्शन गरिएको हो ।
वीरगञ्जको घण्टाघरबाट निस्एिको विरोध जुलुश नगर परिक्रमा गरी घण्टाघरमै पुगेर विरोधसभामा परिणत भएको थियो ।
मूल्य बढेको बढ्यै, हामी हेरेको हेर्यै, राज्य डुब्दैछ पूरै, राज्य हेरेको हेर्यैलगायतका नारा लेखिएका प्लेकार्डसहित जुलुश निकालिएको थियो । निर्माण क्षेत्र ठप्प भएर सिमेन्टको माग नभएको अवस्थामा पनि उद्योगीहरूले कार्टेलिङ गरेर मूल्य बढाएको आरोप अन्सारीले बताए ।
‘सिमेन्ट उद्योगीको यो सिन्डिकेटमा सरकार मुकदर्शक बनेको छ । यो केवल एउटा प्रदर्शनमात्र होइन, जनताको जागरण हो,’ उनले भने । अन्सारीले सिमेण्ट उद्योगहरूले कार्टेलिङ गरेर सिमेन्टको मूल्य बढाएको भन्दै सर्वोच्च अदालतमा रिटसमेत दिएका छन् ।