काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारतको मेदान्त द मेडिसिटी अस्पतालबीच सिटिजन्स बैंकका कार्डवाहक ग्राहकलाई अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छूट दिने समझदारी भएको छ । समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले हरियाणास्थित मेदान्त अस्पतालमा हस्ताक्षर गरेका थिए ।
यस किसिमको सहकार्यबाट हालसम्म बैंकका ग्राहकले सरल र सुलभ लाभ लिइरहेको र आगामी दिनमा पनि सहकार्यको निरन्तरताले भारतमा स्वास्थ्य उपचार गराउन जाने बैंकका ग्राहकलाई उपचारका क्रममा थप सहज सेवा प्राप्त हुने बैंकको विश्वास छ । बैंकका कार्डवाहक ग्राहकले यो सुविधा पाउनेछन् । बैंकले यस्तो किसिमको सुविधा विगत ४ वर्षदेखि निरन्तर रूपमा उपलब्ध गराउँदै आएको छ ।