काठमाडौं । सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालित सिटिजन्स म्युुचुअल फण्ड–१ को प्रतिइकाई खुद सम्पत्ति मूल्य मङ्सिर मसान्तसम्म ९ रुपैयाँ ७१ पैसा छ ।
कात्तिकको तुलनामा मङ्सिरमा योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य घटेको हो । कात्तिक मसान्तसम्म योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य ९ रुपैयाँ ३५ पैसा थियो ।
सात वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाले ८ करोड २० लाख इकाई जारी गरेको थियो । मङ्सिर मसान्तसम्म योजना ४ करोड ३८ लाख रुपैयाँभन्दा बढी नोक्सानीमा छ ।
यो महिना योजनाको नोक्सानी कम भएको हो । कात्तिक मसान्तसम्म योजना ७ करोड ३५ लाख रुपैयाँभन्दा बढी नोक्सानीमा छ ।
योजनाको आम्दानी ३ करोड ७६ लाख रुपैयाँभन्दा बढी ऋणात्मक छ । खर्च भने यो महिना ६१ लाख ४८ हजार रुपैयाँभन्दा बढी भएको छ ।
धितोपत्रमा लगानी गर्ने मुख्य उद्देश्यसहित सञ्चालित यस योजनाले मङ्सिर मसान्तसम्म ७७ करोड ५३ लाख रुपैयाँभन्दा बढी लगानी गरेको छ । यो लगानीको बजार मूल्य भने ६३ करोड ९७ लाख रुपैयाँभन्दा बढी छ । धितोपत्रमा भएको लगानीको परल मूल्य भने बजार मूल्यभन्दा कम भएको हो ।