काठमाडौं । सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालित सिटिजन्स म्युुचुअल फण्ड १ र २ ले वैशाख मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् ।
विवरणअनुसार यी दुवै फण्डको न्याभ चैत महीनाको तुलनामा वैशाख महीनामा घटेको छ । सिटिजन्स म्युुचुअल फण्ड १ को न्याभ चैत मसान्तमा ९ रूपैयाँ १९ पैसा रहेकोमा वैशाख मसान्तमा ८ रूपैयाँ ७८ पैसा कायम भएको छ । त्यस्तै सिटिजन्स म्युुचुअल फण्ड २ को न्याभ चैत मसान्तमा ९ रूपैयाँ ८३ पैसा रहेकोमा वैशाख मसान्तमा ९ रूपैयाँ ३२ पैसामा झरेको हो ।
फण्डले वैशाख मसान्तसम्म सूचीकृत शेयरमा रू. ३५ करोड ३ लाख लगानी गरेको छ । यस्तो लगानी चैत मसान्तसम्म रू. ३७ करोड ७९ लाख थियो । वैशाख मसान्तसम्म फण्डको जम्मा आम्दानी रू. २ करोड २७ लाख ऋणात्मक रहेको छ । चैत मसान्तसम्म भने रू. २१ लाख १२ हजार धनात्मक थियो ।
सिटिजन्स म्युचुअल फण्ड १ ले वैशाख मसान्तसम्म सूचीकृत शेयरमा रू. ४४ करोड ५९ लाख लगानी गरेको छ । यो लगानी चैत मसान्तमा भने रू. ४८ करोड ३८ लाख थियो । वैशाख मसान्तसम्म फण्ड रू. २ करोड ९२ लाख नोक्सानीमा रहेको छ । चैत मसान्तमा भने फण्ड रू. ४३ लाख १८ हजार नाफामा थियो । वैशाख महीनामा जम्मा आम्दानी रू. १ करोड ७५ लाख ऋणात्मक रहेकाले फण्ड नोक्सानीमा देखिएको हो ।
सिटिजन्स म्युचुअल फण्ड १ को रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्
सिटिजन्स म्युचुअल फण्ड २ को रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्