काठमाडौं । सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड १, सिटिजन्स म्युचुअल फण्ड २ र सिटिजन्स सुपर ३० म्युचुअल फण्डले असोज मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरण अनुसार यी तीनओटै फण्डको न्याभ भदौको तुलनामा असोजमा घटेको छ ।
सिटिजन्स सुपर ३० को न्याभ भदौ मसान्तमा १० रुपैयाँ २५ पैसा रहेकोमा असोज मसान्तमा १० रुपैया ०२ पैसामा सीमित भएको हो । त्यस्तै सिटिजन्स म्युचुअल फण्ड १ को न्याभ भदौ मसान्तमा ९ रुपैयाँ ७५ पैसा रहेकोमा असोज मसान्तमा ९ रुपैयाँ ४० पैसा कायम भएको छ ।
सिटिजन्स म्युचुअल फण्ड २ को न्याभ भदौ मसान्तमा ९ रुपैयाँ ४६ पैसा रहेकोमा असोज मसान्तमा ९ रुपैयाँ १६ पैसा कायम भएको छ । यस फण्डले असोज मसान्तसम्ममा सूचीकृत धितोपत्रमा रू. ३४ करोड ९२ लाख लगानी गरेको छ । यो लगानी भदौ मसान्तमा रू. ३७ करोड ७२ लाख थियो । त्यस्तै यस फण्डले असोज मसान्तसम्ममा रू. ४ करोड ७३ लाख नोक्सानी व्यहोरेको छ ।
सिटिजन्स म्युचुअल फण्ड १ ले असोज मसान्तसम्ममा सूचीकृत धितोपत्रमा रू. ४६ करोड ५२ लाख लगानी गरेको छ । यो लगानी भदौ मसान्तमा रू. ४७ करोड ९६ लाख थियो । यस फण्डले असोज मसान्तसम्ममा रू. ६ करोड ९५ लाख नोक्सानी व्यहोरेको छ ।
सिटिजन्स सुपर ३० म्युचुअल फण्ड पनि असोज मसान्तमा रू. १ करोड ५४ लाख नोक्सानीमा छ । भदौ मसान्तमा भने यस फण्डले रू. १७ लाख ६९ हजार नाफामा थियो । यस फण्डले असोज मसान्तसम्ममा सूचीकृत धितोपत्रमा रू. २८ करोड ४० लाख लगानी गरेको छ ।
सिटिजन्स म्युचुअल फण्ड १ को रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस ्
सिटिजन्स म्युचुअल फण्ड २ को रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस ्