काठमाडौं । सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालित सिटिजन्स सुपर ३० म्युचुअल फण्डले भदौ मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डले भदौ मसान्तसम्ममा रू. १७ करोड ६९ लाख नाफा कमाएको छ ।
साउन मसान्तमा भने फण्डले रू.१ करोड ७६ लाख नाफा कमाएको थियो । यस आधारमा फण्डको नाफा साउनको तुलनामा भदौमा घटेको छ । भदौमा फण्डको आम्दानी घटेकाले नाफा घटेको हो ।
साउन मसान्तसम्ममा फण्डले कुल रू. १ करोड ९२ लाख आम्दानी गरेकोमा भदौ मसान्तमा रू. ४६ लाखमा झरेको छ ।
त्यस्तै फण्डको न्याभ पनि घटेको छ । साउन मसान्तमा फण्डको न्याभ १० रुपैयाँ ४६ पैसा रहेकोमा भदौ मसान्तमा १० रुपैयाँ २५ पैसामा झरेको हो । यस फण्डले भदौ मसान्तसम्ममा सूचीकृत धितोपत्रमा रू. २९ करोड ५८ लाख लगानी गरेको छ ।