काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी)ले आफ्नो २३औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित विभिन्न आर्थिक विवरण स्वीकृत गरेको छ ।
सभाले आगामी कार्यकालका लागि पाँचजना सञ्चालक निर्विरोध निर्वाचित गरेको बताइएको छ । आइएमई लिमिटेडबाट रविनकुमार नेपाल र सविन ढकाल, प्रभु बैंकबाट रश्मी पन्त, ग्लोबल आइएमई बैंकबाट अनिल जोशी र सिटी एक्सपे्रस मनि ट्रान्सफर प्राइभेटबाट सुभाष ज्ञवाली रहेका छन् । साथै सोही दिन बसेको सञ्चालक समितिको बैठकले पुन: रविनकुमार नेपाललाई अध्यक्ष र स्वतन्त्र सञ्चालकको रूपमा मृगेन्द्र प्रधानलाई नियुक्त गरेको बताइएको छ ।
एससीटी विभिन्न बैंक, वित्तीय संस्था तथा रेमिट्यान्स कम्पनीबाट प्रवद्र्धित तथा नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालकका रूपमा स्थापित संस्था हो । यस संस्थाबाट एससीटी–यूनियन पे, भिसा, मास्टरकार्ड, डाइनर्स लगायतका कार्ड स्वीकार तथा जारी गर्दै आएको बताइएको छ । साथै स्मार्ट क्यूआर, मोबाइल बैंकिङ सेवा तथा अन्तर बैंक रकमान्तर सेवा पनि प्रदान गर्दै आएको बताइएको छ । हाल २१ भन्दा बढी बैंक तथा वित्तीय संस्था तथा १०० भन्दा बढी सहकारी संस्थाले एससीटीमार्फत विभिन्न डिजिटल भुत्तानीका सेवा दिँदै आएका छन् ।