काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड र मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको एकीकृत कारोबार असार २४ गतेबाट शुरु हुने भएको छ ।
समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले मनकामना स्मार्ट लघुवित्त प्राप्तिपछि समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार शुरु हुन लागेको हो ।
यी दुवै लघुवित्तले गत चैत २९ गते वार्षिक साधारण सभा गरी प्राप्तिसम्बन्धी प्रस्ताव पारित गरेका थिए ।
यी कम्पनीलाई एकीकृत कारोबारका लागि नेपाल राष्ट्र बैंकले गत जेठ २९ गते, नेपाल धितोपत्र बोर्डले असार ९ गते र कम्पनी रजिष्ट्रार कार्यालयले असार ११ गते स्वीकृति प्रदान गरेको थियो ।
असार २४ गतेदेखि एकीकृत कारोबार शुरु गरिने भएकोले डाटा माइग्रेसन कार्यको लागि असार २३ गते दुवै कम्पनीले आफ्ना कार्यालयबाट प्रदान गर्दै आएको सम्पूर्ण बैंकिङ्ग कारोबार बन्द रहने बताएका छन् ।