काठमाडौं । बुधवार सुनको मूल्यले फेरी रेकर्ड कायम गरेको छ । मंगलवार प्रतितोला १ हजार ७०० रुपैयाँले घटेको सुनको मूल्य बुधवार प्रतितोला २ हजार ७०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुनको मूल्य प्रतितोला १ लाख ८७ हजार रुपैयाँ कायम भएको हो । मंगलबार प्रतितोला १ लाख ८४ हजार ३०० रुपैयाँ सुनको मूल्य कायम भएको थियो । बुधवार सुनको मूल्यले यस अघि सोमवार कायम प्रतितोला १ लाख ८६ हजारको उच्च मूल्यलाई समेत तोडेको हो ।
बुधवार सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार चाँदी बुधवार तोलामा १० रुपैयाँले बढेको हो । यो दिन चाँदीको मूल्य प्रतितोला १ हजार ९५५ रुपैयाँ कायम भएको जानकारी महासंघले दिएको हो । मंगलवार चाँदीको मूल्य प्रतितोला १ हजार ९४५ रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमै सुन र चाँदीको मूल्य बढेसँगै नेपालमा समेत त्यसको असर देखिएको महासंघको भनाई छ ।