काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले कान्ति बाल अस्पतालमा रहेको बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य इकाईकाे अन्तरंग सेवाको बुधवार (आज) उद्घाटन गरेका छन् । उक्त सेवाका लागि १६ शैय्या राखिएका छन् ।
मन्त्री पौडेलले अन्तरंग सेवा विभागको अवलोकन गरी इकाईबाट दिइँदै आएको टेलिमेडिसिन सेवाको जानकारीसमेत लिएका थिए ।
सन् २०७२ को भुइँचालोपछि सिविन नेपालले फोरुट नर्वेसँगको साझेदारी र कान्ति बाल अस्पतालको सहयोगमा अस्पताल प्रांगणमै बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य इकाई सञ्चालनमा ल्याएको हो ।
उक्त इकाईमा अन्तरंग सेवाको औपचारिक थालनी भएपछि बालबालिकाको मानसिक स्वास्थ्य उपचार थप सहज बन्ने भएको छ ।