काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले ६६ लाख ४० हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा यो कम्पनीले १ करोड ४७ लाख रुपैयाँ नाफा आर्जन गरको थियो । बुधवार सार्वजनिक गरेको पहिलो त्रैमासको आपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको नाफा ५५ प्रतिशतले घटेको हो ।
कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले नाफामा प्रत्यक्ष प्रभाव देखिएको छ । त्यस्तै कम्पनीको निष्क्रिय कर्जा पनि बढेको छ । गत वर्षको पहिलो त्रैमासमा ४ दशमलव ६२ प्रतिशत रहेको निष्क्रिय कर्जा चालू आर्थिक वर्षको सोही अवधिमा निष्क्रिय कर्जा बढेर ४ दशमलव ९५ प्रतिशत कायम भएको छ ।
कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा खुद ब्याज आम्दानी बापत ६ करोड ७८ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले यस्तो आम्दानी ९ करोड २० लाख रुपैयाँ गरेको थियो ।
चालू आर्थिक वर्षको पहिलो त्रैमासम यो कम्पनीले ६२ लाख ३२ हजार रुपैयाँ सञ्चालन नाफा गरेको छ । यो कम्पनीले गत वर्षको सोही अवधिमा १ करोड ८२ लाख रुपैयाँ सञ्चालन नाफा गरेको थियो ।
कम्पनीले असोज मसान्तसम्म विभिन्न बैक तथा वित्तीय संस्थाबाट ३ अर्ब १८ करोड ५० लाख रुपैयाँ सापटी लिएको छ । त्यस्तै सो अवधिसम्म कम्पनीले १ अर्ब ६४ करोड ९३ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने ५ अर्ब १९ करोड ६५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
हाल कम्पनीको चुक्तापूँजी ३६ करोड ७१ लाख ४३ हजार रुपैयाँ रहेको छ । कम्पनीले असोज मसान्तसम्म ११ करोड २५ लाख रुपैयाँ जगेडा कोषमा सञ्चित गरेको छ । सो अवधिसम्म कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ७ रुपैयाँ २४ पैसा रहेको छ । त्यस्तै प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ ६६ पैसा रहेको छ ।
हाल कम्पनीले ५३ जिल्लामा १४६ शाखा कार्यालयमार्फत वित्तीय सेवा दिँदै आएको छ ।