काठमाडौं। आर्थिक वर्ष २०७९/८० मा बागमती प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा आवास तथा खाद्य सेवा क्रियाकलाप क्षेत्रको योगदान रू. ३६ अर्ब ९९ करोड रहेको छ । आर्थिक वर्ष २०७५/७६ मा यो योगदान रू. ३० अर्ब ७ करोड बराबर रहेको थियो । बागमती प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा आवास तथा खाद्य सेवा क्रियाकलाप क्षेत्रको अंश १ दशमलव ८७ प्रतिशत रहेको छ ।