काठमाडौं। आर्थिक वर्ष २०७९/८० मा बागमती प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा जलापूर्ति, ढल, फोहोर व्यवस्थापन, सरसफाइ क्रियाकलाप क्षेत्रको योगदान रू. ५ अर्ब २ करोड रहेको छ । आर्थिक वर्ष २०७५/७६ मा यो योगदान रू. ४ अर्ब ५९ करोड बराबर रहेको थियो । बागमती प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा जलापूर्ति, ढल, फोहोर व्यवस्थापन, सरसफाइ क्रियाकलाप क्षेत्रको अंश शून्य दशमलव २५ प्रतिशत रहेको छ ।