काठमाडौं। आर्थिक वर्ष २०७९/८० मा बागमती प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा थोक विक्रय, खुद्रा विक्रय, गाडी, मोटरसाइकल मर्मत क्षेत्रको योगदान रू. ४ खर्ब ९ अर्ब बराबर रहेको छ । आर्थिक वर्ष २०७५/७६ मा यो योगदान रू. ३ खर्ब ५ अर्ब बराबर रहेको थियो । बागमती प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा थोक विक्रय, खुद्रा विक्रय, गाडी, मोटरसाइकल मर्मत क्षेत्रको अंश २० दशमलव ६२ प्रतिशत रहेको छ ।