काठमाडौं। आर्थिक वर्ष २०७९/८० मा बागमती प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा विद्युत्, ग्यास, वाष्प तथा वातानुकूलित आपूर्ति क्षेत्रको योगदान रू. २५ अर्ब ३४ करोड रहेको छ । आर्थिक वर्ष २०७५/७६ मा यो योगदान रू. १० अर्ब ८० करोड बराबर रहेको थियो । बागमती प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा विद्युत्, ग्याँस, वाष्प तथा वातानुकूलित आपूर्ति क्षेत्रको अंश १ दशमलव २८ प्रतिशत रहेको छ ।