काठमाडौं। आर्थिक वर्ष २०७९/८० मा बागमती प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा यातायात र भण्डारण क्षेत्रको योगदान रू. १५० अर्ब ६२ करोड रहेको छ । आर्थिक वर्ष २०७५/७६ मा यो योगदान रू. १०१ अर्ब ९५ करोड बराबर रहेको थियो । बागमती प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा यातायात र भण्डारण क्षेत्रको अंश ७ दशमलव ६० प्रतिशत रहेको छ ।