काठमाडौं। टीभीएस मोटर कम्पनीद्वारा काठमाडौंमा आयोजित शीप प्रतियोगितामा जेएमपीएल नेपालको प्रतिनिधित्व गर्दै ३० उत्कृष्ट टेक्निसियने सहभागी भएको बताइएको छ । प्रतियोगितामा सहभागी ३० जना टेक्निसियन नेपालभर छानिएको बताइएको छ । प्रतियोगितामा टीभीएस मोटर्सले टेक्निसियनहरूको क्षमता वृद्धि गर्दै अटोमोटिभ उद्योगमा आफ्नो नेतृत्वलाई थप बलियो बनाउने बताइएको छ ।
शीर्ष ३० टेक्निसियन मध्ये उत्कृष्ट ५ को छनोट गरिने र तिनले भारतको बेंगलोरमा टीभीएस मोटर कम्पनीले आयोजना गर्ने एसिया स्तरको शीप प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने बताइएको छ ।
टीभीएस मोटर्सले विभिन्न देशका उत्कृष्ट टेक्निसियनलाई एकै मञ्चमा उभ्याउने उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरेको बताइएको छ । प्रतियोगिता, सहभागीको प्राविधिक दक्षता प्रदर्शनका लागि मात्र नभई सहकर्मी र उद्योगकै अग्रणीहरूसँग प्रत्यक्ष रूपमा सिक्ने उल्लेखनीय अवसर पनि भएको बताइएको छ । यस्ता कार्यक्रममार्फत टीभीएस मोटर्सले बजारमा आफ्नोे नेतृत्वलाई थप बलियो बनाएको अपेक्षा गरिएको छ ।