काठमाडौं । रिलायबल क्यापिटल इन्भेष्टेमन्ट एण्ड मर्चेन्ट लिमिटेडको व्यवस्थापनमा सञ्चालन हुने गरी २०८२ वैशाख ३ गतेदेखि रिलायबल समृद्धि योजनाको इकाई सार्वजनिक निष्कासनमा ल्याइने भएको छ ।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई विक्रीमा ल्याउन लागेको हो ।
रिलायबल म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने यो योजना १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको योजना हो । यस योजना सञ्चालनका लागि जारी गरिने कुल १० करोड इकाईमध्ये कोष प्रवर्द्धक नेपाल लाइफ इन्स्योरेन्सलाई १ करोड ४० लाख इकाई तथा योजना व्यवस्थापकलाई १० लाख इकाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई भने सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा ल्याउन लागिएको हो ।
यी इकाई खरीदका लागि न्यूनतम १०० देखि १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । छिटो अवधि वैशाख ७ गतेसम्म आवेदन दिन सकिने यस इकाई सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा वैशाख १७ गतेसम्म विक्री लम्बिनेछ ।
यो इकाई निष्कासन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड छ । विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । साथै मेरो शेयर अनलाइनबाट समेत आवेदन दिन सकिनेछ ।