जेठ १७, काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन मंगलवारसम्म रहेको छ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि जनेठ १८ गतेदेखि ३१ गते सम्म बुक क्लोज गरेकाले जेठ १७ गते मंगलवारसम्म कायम शेयरधनीले लाभांश र साधारण सभामा भाग लिन सक्नेछन् ।
कम्पनीले आव २०७७/ ७८ को मुनाफाबाट शेयरधनीलाई ९ दशमलव ३३ प्रतिशत बोनस शेयर र शून्य दशमलव ५ प्रतिशत नगद लाभाश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले जेठ ३१ गते साधारण सभा बोलाएको छ ।कम्पनीले सभा इन्द्रावती सामुदायिक सेवा केन्द्र फटकशीला ८ सिन्धुपाल्चोकमा बिहान ११ बजे हुने जानकारी दिएको छ ।