जेठ १७, काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले मंगलवार विन नेपाल लघुवित्त वित्तीय संस्थाको बोनस शेयरको मूल्य समायोजन गरेको छ ।
नेप्सेले ९ दशमलव ३३ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयर मूल्य रू. ९८७ दशलमव ८३ तोकेको छ ।
कम्पनीले सोमवार कायम अन्तिम शेयरमूल्य रू. १ हजार ८० को आधारमा शेयरमूल्य समायोजन गरेको हो । कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनको लागि बुधवार जेठ १८ गते देखि ३० गते सम्म बुक क्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।
कम्पनीले आव २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई ९ दशमलव ३३ प्रतिशत बोनस शेयर र शून्य दशमलव ५ प्रतिशत नगद लाभाश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले जेठ ३१ गते साधारण सभा बोलाएको छ । कम्पनीले सभा इन्द्रावती सामुदायिक सेवा केन्द्र फटकशीला ८ सिन्धुपाल्चोकमा बिहान ११ बजे हुने जानकारी दिएको छ ।