काठमाडौं । गत असोजको ११ र १२ को अविरल वर्षापछिको बाढीपहिरोका कारण भएको जनधनको क्षतिबाट रु ११ अर्ब ८२ करोड ६ लाख ११ हजार ९३० बराबरको बिमा दाबी गरिएको छ ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार विपद्ले पारेको क्षतिको बीमा दावी मध्ये ६१ करोड ७ लाख ९३ हजार ३३८ रुपैयाँ भुक्तानी भएको छ । यो भुक्तानी गत असोजमा परेको दावी भन्दा २ अर्ब २७ करोड ४४ लाखले बढी हो । यस्तै दावी भुक्तानी समेत दोब्बरले बढेको छ । गत असोज सम्मको तुलनामा बीमा भुक्तानी ३० करोड ७१ लाख बढीले बढेको छ । प्राधिकरणका अनुसार हालसम्म ३ हजार ४१८ ओटा दावी परेकोमा ९०३ ओटा दाबीको भुक्तानी भएको छ ।
प्राधिकरणका अनुसार गत असोजसम्म १८ बीमा कम्पनीमा ३ हजार ३०६ बिमितले ९ अर्ब ५४ करोड ६१ लाख ८२ हजार ६३५ रुपैयाँ ५२ पैसा बीमा दाबी गरेका हुन् । जसमध्ये २६१ बिमितको ३० करोड ३६ लाख ५४ हजार ५६२ रुपैयाँ ३९ पैसा भुक्तानी गरिएको थियो ।
प्राधिकरणका अनुसार सबैभन्दा बढी दाबी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीमा परेको छ । सो कम्पनीमा पाँच सय एक दाबीका आवेदन परेका छन् । दि ओरिएन्टल इन्स्योरेन्स कम्पनीमा १७६, सगरमाथा लुम्बिनीमा तीन सय ७७, हिमालयन एभरेष्ट दुई सय ४३, नेकोमा दुई सय १९, युनाइटेड अजोडमा तीन सय २३, सानिमा जिआइसीमा दुई सय १७, आइजिआई प्रुडेन्सियलमा दुई सय ९६ दाबी परेका छन् ।
त्यस्तै, नेशनल इन्स्योरेन्समा ८६, एनएलजीमा १७२, नेपाल इन्स्योरेन्समा १७६, प्रभु इन्स्योरेन्समा १३७, राष्ट्रिय बिमा कम्पनीमा १७, स्टार माइक्रो इन्स्योरेन्समा १०, ट्रष्ट र नेपाल माइक्रो इन्स्योरेन्समा समान चार/चार ओटा दाबी पर्दा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा सात दाबी निवेदन परेका छन् । कूल दाबीमध्ये नौ सय दुई ओटाको भुक्तानी भएको प्राधिकरणले जनाएको छ ।
कूल एक हजार छ सय ५३ ओटा सम्पत्ति बिमा दाबी गरिएकामा ३९८ ओटाको भुक्तानी भएको छ । कूल सम्पत्ति बिमा दाबी रु आठ अर्ब ७५ करोड ८७ लाख ५१ हजार दुई सय ३४ भएकामा रु ४६ करोड ७० लाख ९७ हजार सात सय ८० मात्रै भुक्तानी भएको छ ।
सर्वाधिक दाबी परेका बीमालेखमा सम्पत्ति बीमाका धेरै छन् । त्यसपछि मोटर बीमा (निजी), मोटर बीमा (सार्वजनिक), इन्जिनियरिङ तथा ठेकेदार जोखिम, पशुपन्छी बीमा, कृषि बाली बिमा, सामुद्रिक बीमा र विविध छन् ।
इन्जिनियरिङ तथा ठेकेदार जोखिमतर्फ तीन सय चार ओटा दाबी परेका छन् । विशेष गरी बाढीपहिरोका कारण जलविद्युत् आयोजनामा क्षति पुगेको थियो । अधिकांश ऊर्जा उत्पादक केन्द्रले बिमा गर्ने भएकाले पनि यो शीर्षकमा परेको दाबी भुक्तानीका लागि व्यवसायीहरूले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयसमेत ध्यानाकर्षण गराएका छन् ।
दाबी भएकामध्ये ३८ ओटाको रु तीन करोड ११ लाख २८ हजार पाँच सय ५५ मात्रै भुक्तानी भएको छ । मोटर बिमा निजीतर्फ आठ सय ८७ दाबी परेकामा दुई सय ८० को रु छ करोड १६ लाख ९७ हजार पाँच सय ८७ भुक्तानी भएको प्राधिकरणको विवरणमा उल्लेख छ । मोटर बिमा सार्वजनिकतर्फ तीन सय ५० दाबी हुँदा ९१ ओटाको रु ४३ करोड दुई हजार १७७ बराबरको भुक्तानी भएको छ । पशुपन्छी बिमा ५१ दाबी पर्दा २१ ओटाको रु २४ लाख ९२ हजार आठ सय ५४ मात्रै भुक्तानी भएको छ ।
बाढीपहिरोका कारण पशुपन्छी र चौपायासमेत उल्लेख्य मात्रामा मरेका वा बेपत्ता भएका थिए । त्यस्तै, सामुद्रिक बिमा २२ को दाबी पर्दा दुईको भुक्तानी भएको छ । कृषिबाली बिमातर्फ १३१ को दाबी हुँदा ६५ को भुक्तानी भएको छ । विविधतर्फ २० को दाबी पर्दा सातको भुक्तानी भएको छ । प्राधिकरणका अनुसार कोसी प्रदेशमा दुई सय ५१, मधेसमा १एक, वाग्मतीमा दुई हजार नौ सय ६८, गण्डकीमा ३३, लुम्बिनीमा ४८, कर्णालीमा आठ र सुदूरपश्चिम प्रदेशमा १० ओटा बिमा दाबी भएको छ ।
अविरल वर्षाका कारण ठूलो मात्रामा जनधनको क्षति भए पनि बिमाको पहुँच नहुँदा कम मात्रैले दाबी गर्न सक्ने अवस्था रहेको जनाइएको छ । वर्षाका कारण सबैभन्दा बढी प्रभावित भएको प्रदेश वाग्मती प्रदेश भएकाले पनि दाबी पनि बढी परेको प्राधिकरणले जनाएको छ ।
यस्तो छ प्राधिकरणले जारी गरेको विवरण