काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म हिमालयन डिष्टिलरी लिमिटेडले २१ करोड ४ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ ।
गत वर्षको यस अवधिको तुलनामा कम्पनीले यस वर्ष ६३ दशमलव ५१ प्रतिशत कम खुद नाफा गरेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले ५७ करोड ६६ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । यस वर्ष कम्पनीको कुल सञ्चालन आम्दानी करीब ४२ प्रतिशत घटेकाले खुद नाफामा असर परेको हो ।
गत वर्ष १ अर्ब ४५ करोड ८६ लाख रुपैयाँभन्दा बढी कुल सञ्चालन आम्दानी गरेको कम्पनीले यस वर्ष ८५ करोड १८ लाख रुपैयाँभन्दा बढी यो आम्दानी गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ६७ करोड २५ लाख २३ हजार रुपैयाँ रहेको छ । १० प्रतिशत बोनस शेयरमार्फत यो वर्ष कम्पनीले पूँजी बढाएको हो ।
यस वर्ष कम्पनीले करसमेत १५ प्रतिशत नगद लाभांशसमेत वितरण गरेको छ । कम्पनीको जगेडा कोष रकम भने ५२ करोड ८२ लाख रुपैयाँभन्दा बढी छ । वार्षिक प्रतिशेयर आम्दानी गत वर्ष ३१ रुपैयाँ ६५ पैसा रहेकोमा यस वर्ष घटेर १० रुपैयाँ ५० पैसामा झरेको छ । त्यस्तै गत वर्ष १३४ रुपैयाँ ५७ पैसा रहेको प्रतिशेयर नेटवर्थ यस वर्ष ११९ रुपैयाँ ७७ पैसा कायम छ ।