काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले लाभांश पारित गर्न कात्तिक १२ गते ३१ औं वार्षिक साधारणसभा गर्ने भएको छ । सभा काठमाडौंको नयाँबानेश्वरस्थित एभरेष्ट होटलमा दिउँसो साढे ४ बजे शुरु हुनेछ ।
कम्पनीले गत वर्षको नाफाबाट शेयरधनीलाई करसहित प्रतिकित्ता १ हजार ७१४ रुपैयाँ नगद लाभांश घोषणा गरिसकेको छ । कम्पनीले वितरण गर्न लागेको यो प्रतिफल हालसम्मकै सबैभन्दा धेरै हो ।
सभाले वार्षिक र लेखापरीक्षकको प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गर्नेछ । चालु आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले स्वीकृत गर्नेछ ।
सभा प्रयोजनार्थ कम्पनीले असोज २८ गतेदेखि कात्तिक १२ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार असोज २३ गतेसम्म कायम शेयरधनीहरू मात्रै सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।