काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडले २०० प्रतिशत हकप्रद शेयर निष्कासन प्रयोजनका लागि कात्तिक ३ गते बुक क्लोज गर्ने भएको छ । कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट हाल कायम चुक्ता पूँजीको आधारमा २०० प्रतिशत हकप्रद शेयर निष्कासनका लागि असोज १८ गते अनुमति पाएको थियो ।
हकप्रद शेयर निष्कासनको मिति भने तय हुन बाँकी छ । कम्पनीले १ करोड १० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड छ । बुक क्लोजको आधारमा कात्तिक २ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको हकप्रद शेयर खरीद गर्न सक्नेछन् ।
हाल कम्पनीको चुक्ता पूँजी रू. ५५ करोड छ । हकप्रद शेयर निष्कासन बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ६५ करोड पुग्नेछ । सांग्रिला ऊर्जा प्रालिद्वारा प्रवर्द्धित संखुवासभास्थित छुजुङ्ग खोला जलविद्युत् आयोजनामा लगानी गर्नका लागि कम्पनीले हकप्रदमार्फत पूँजी जुटाउन लागेको हो ।