काठमाडौं। नेपालका लागि डोङफेङ नामीको आधिकारिक वितरक एमएडब्ल्यू वृद्धिले ‘फाइनान्सिङ अफर’का साथ ईभी खरीदलाई थप पहुँचयोग्य बनाउने योजना ल्याएको छ । ईभीको माग बढेसँगै नामीले ग्राहकलाई थप सुविधा र सहज सवारीसाधन खरीद अनुभव प्रदान गर्न फाइनान्सिङको सजिलो विकल्प प्रदान गरेको बताइएको छ ।
यो पेमेन्ट स्कीमबाट ग्राहकले २० प्रतिशत डाउनपेमेन्ट गरी डोङफेङ नामीका ईभी किन्न सक्नेछन् । नामी ईभी मोडेलका लागि डाउनपेमेन्ट मूल्य ५ लाख ९९ हजार रुपैयाँ तय गरिएको बताइएको छ । सरल र सजिलो खरीद प्रक्रिया पूरा गर्न नामीले ८० प्रतिशतसम्म फाइनान्सिङ सुविधा दिने बताइएको छ । फाइनान्सिङको सुविधाका बारेमा थप जानकारीको लागि नजिकैको नामी शोरूम सम्पर्क गर्न सकिने बताइएको छ ।