काठमाडौं। डिजिटल वालेट ‘आइएमई पे’ले विदेशमा कमाएको पैसा आइएमई पेको माध्यमबाट प्राप्त गर्दा रू. ५०० बोनस प्राप्त गर्ने अफर ल्याएको छ । आइएमई पेमा रकम प्राप्त गर्दा रू. १० हजारसम्ममा रू. ७५ बोनस प्राप्त हुने बताइएको छ । त्यस्तै, कारोबारको रकम अनुसार रू. ५० हजार, १ लाख र २ लाख सम्ममा क्रमश: रू. १००, २०० र ५०० सम्म बोनस प्राप्त गर्न सकिने बताइएको छ ।
कारोबारमा संलग्न एकजनाले महीनाको दुई पटकसम्म बोनस प्राप्त गर्न सक्नेछन् । यो योजनामार्फत आइएमई पेमा रकम प्राप्त गर्दा बोनस मात्रै नभएर रकम सुरक्षित तवरले घरसम्म पुग्ने विश्वास समेत बढ्ने कम्पनीको अपेक्षा छ । आफन्तको पैसा आइएमई पेमा प्राप्त गर्दा आफन्तले नै बोनस प्राप्त गर्न सकिने योजना निकै उपलब्धिमूलक बन्न सक्ने आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले जानकारी दिए ।