काठमाडौं । केई मोटर्सको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी ई–मोबिलिटीले ९९ किलोवाट मोटर पावरमा केई एक्स–३ प्रो ईभी नेपालमा उपलब्ध गराएको छ ।
गाडीको शुरुआती मूल्य ४३ लाख ९६ हजार रुपैयाँ तोकिएको कम्पनीले जानकारी दिएको छ । यो अफर केही अवधिको लागि मात्र लागू हुने कम्पनीको भनाइ छ । कम्प्याक्ट एसयूभी सेगमेन्टमा यो सबैभन्दा अफोर्डेबल एसयूभी हुने कम्पनीको दाबी छ ।
एक्स–३ प्रोमा अत्याधुनिक प्रविधि, स्लिक डिजाइनलगायत विशेषता छन् । यसमा ५३.६ किलोवाट आवर क्षमतायुक्त सीएटीएल (क्याटल)को लिथियम आइरन फस्फेट ब्याट्री छ, जसले २६० एनएम सम्मको उच्चतम टर्क प्रदान गर्ने कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार उक्त गाडीले सिंगल चार्जमा ३७० किलोमिटर सम्मको रेन्ज दिन्छ । यसको ब्याट्रीलाई फुल चार्ज गर्न ५ देखि ७ घण्टा लाग्ने बताइएको छ । यसलाई घरैमा ७ किलोवाटको एसी चार्जर प्रयोग गरी ८ घण्टामा चार्ज गर्न सकिने कम्पनीको भनाइ छ । त्यसैगरी डीसी फास्ट चार्जिङको सहयोगबाट ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिने बताइएको छ ।
एक्स–३ प्रो ईभीको लम्बाई ४४४३ एमएम, चौडाई १८३१ एमएम र उचाई १६४६ एमएम छ भने यसको ह्विलबेस २६३२ एमएम छ । पाँच सिट क्षमताको यो गाडीमा पर्याप्त इन्टेरियर स्पेस रहेको कम्पनीले बताएको छ ।
उक्त गाडीको फ्रन्टमा म्याकफर्सन इन्डिपेन्डेन्ट सस्पेन्सन र रियरमा मल्टी–लिंक इन्डिपेन्डेन्ट सस्पेन्सन छ । यसको ग्राउन्ड क्लियरेन्स १८३ एमएम रहेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार उक्ता गाडी विभिन्न पाँच कलर अप्सनमा उपलब्ध हुनेछ । केई नेपालले भाटभटेनी नक्सल, धनगढी, नेपालगञ्ज, दाङ, भैरहवा, भरतपुर, हेटौडा, दमक र बिरतामोडमा स्थित नौ वटा शोरूम सञ्चालन गर्दै आएको छ ।