काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्ष (आव)को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनमा चालू आवको सोही अवधिमा १८१ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीले रू. १६ करोड ६३ लाख नाफा कमाएकोमा चालू आवमा बढेर रू. ४६ करोड ७६ लाख पुगेको हो । नाफा बढेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ३० पैसा रहेकोमा चालू आवमा बढेर २० रुपैयाँ ५८ पैसा पुगेको हो ।
कम्पनीको चुक्ता पूँजी रू. ३ अर्ब २ करोड छ भने चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीको स्पेशल रिजर्भ शीर्षकमा रू. १ अर्ब ६५ करोड छ । सो अवधिमा अवधिमा कम्पनीको रिटेन्ड अर्निङमा रू. २७ करोड ९७ लाख र महाविपत्ति कोषमा रू. ७ करोड ७६ लाख सञ्चिति गरेको छ । कम्पनीको अन्य इक्विटीमा रू.४६ करोड ९९ लाख छ ।
चालू आवमा कम्पनीले रू. २ अर्ब २८ करोड ४६ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । गत आवमा कम्पनीले रू. १ अर्ब २८ करोड ४ लाख कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आवको तुलनामा चालू आवमा कम्पनीको कुल बीमा शुल्क आर्जन ७८ दशमलव ४२ प्रतिशत वृद्धि भएको हो ।
त्यस्तै कम्पनीले चालू आवमा रू. ८६ करोड ७३ लाख खुद बीमा शुल्क आर्जन गरेको छ । गत आवमा कम्पनीले रू. ४६ करोड ७ लाख खुद बीमा शुल्क आर्जन गरेको थियो ।