काठमाडौं। डिजिटल वालेट ‘आइएमई पे’ले नेपाली क्रिकेटर आसिफ शेखलाई ब्राण्ड एम्बेसेडर घोषणा गरेको छ । नेपालको राष्ट्रिय क्रिकेट टिममा दायाँ हाते विकेटकिपर/ब्याट्सम्यानको रूपमा पहिचान बनाएका शेखले विभिन्न राष्ट्रिय र अन्तरराष्ट्रिय क्रिकेट खेलमा कम उमेरमै कैयौं किर्तिमान प्राप्त गरिसकेका छन् ।
नेपाली क्रिकेट प्रतिको समर्थन जारी राख्दै यो साझेदारी खेलकुद र डिजिटल भुक्तानीलाई जोड्ने एक उत्कृष्ट कदम हुने कम्पनीको भनाइ छ । ‘यो साझेदारीले डिजिटल फाइनान्सको सम्भाव्यतालाई नेपाली क्रिकेटको जोशसँग जोड्न महत्त्वपूर्ण कदम चालेको छ,’ आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले बताए ।
आइएमई पे मोबाइल वालेटमार्फत सेवाग्राही आफैले अथवा एजेन्टमार्फत विभिन्न किसिमका भुक्तानी कार्य गर्न सक्ने बताइएको छ । यसले व्यक्ति–व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि विभिन्न अनलाइन तथा स्थलगत स्टोरमा क्यूआर स्क्यान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिल भुक्तान गर्न मिल्ने सेवासमेत प्रदान गर्दै आएको बताइएको छ ।