काठमाडौं। ‘सूर्य नेपाल गल्फ टुर २०२४/२५’ अन्तर्गत दोस्रो प्रतियोगिता ‘सूर्य नेपाल काठमाडौं ओपन’को दोस्रो दिन विष्णुप्रसाद शर्मा एक स्ट्रोकको अग्रतासहित शीर्षस्थानमा उक्लिएका छन् । रोयल नेपाल गल्फ क्लबमा बुधवार ४–अन्डर ६४ सहित समग्रमा ७–अन्डर १२९ को उत्कृष्ट नतीजामा विष्णुले डिफेन्डिङ च्याम्पियन निरज तामाङलाई एक स्ट्रोकले पछि पारेका हुन् । ३–अन्डर ६५ स्कोर गरेका निरजसमग्रमा ६–अन्डर १३० सहित दोस्रो स्थानमा रहेका छन् ।
एमेच्योर सद्भाव आचार्यले ३–अन्डर ६५ को कार्ड तयार पार्दा समग्रमा ५–अन्डर १३१ सहित तेस्रो स्थानमा उक्लिएका छन् भने दिनेश प्रजापतिले ५–अन्डर ६३ को स्कोर जोड्दा समग्रमा ४–अन्डर १३२ सहित चौथो स्थानमा उक्लिएका छन् ।
पहिलो दिनका लिडर जयराम श्रेष्ठले समग्रमा २–अन्डर १३४ सहित पाँचौंस्थानमा तल झरेका छन् । एमेच्योर राहुल विके र भेट्रान प्रो. दीपक मगर समग्रमा
१–अन्डर १३५ सहित संयुक्तरुपमा छैटौंस्थानमा रहेका छन् । समग्रमा १–ओभर १३७ सहित धन बहादुर थापा र नेपालनम्बर एक प्रो भुवन नगरकोटीले संयुक्त रूपमा आठौं स्थानबाँडेका छन् ।
प्रतियोगिताको पुरस्कार राशी कुल ७ लाख ३५ हजार रुपैयाँ रहेको छ । विजेताले उपाधिसँगै १ लाख ५० हजार प्राप्त गर्ने बताइएको छ । दोस्रो र तेस्रो हुने खेलाडीले क्रमश: ८५ हजार र ६८ हजार नगद पुरस्कार हात पार्नेछन् ।