काठमाडौं। कुमारी बैंक लिमिटेडले आफ्नो एटीएम तथा पीओएस (पोइन्ट अफ सेल) टर्मिनलमा युपिआई (युनियनपे इन्टरनेशनल)का कार्ड स्वीकार गर्ने भएको छ । डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्दै ग्राहकलाई थप सहज, सुरक्षित र आधुनिक बैंकिङको अनुभव उपलब्ध गराउने लक्ष्यका साथ यो सुविधा नेपालभर कुमारी बैंकका सम्पूर्ण एटीएम तथा पीओएस टर्मिनलमा उपलब्ध हुने बताइएको छ ।
यो सुविधाबाट युपिआई कार्ड प्रयोगकर्ताले कुमारी बैंकको एटीएममार्फत रकम झिक्न र पीओएस टर्मिनलमार्फत खरीद भुक्तानी गर्न सहज हुने साथै यसले व्यापारीलाई पनि लाभ हुने विश्वास बैंकको छ ।
बैंकले आफ्नो सेवाको दायरालाई व्यापक बनाउँदै डिजिटल नेपालको अभियानमा थप योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ । बैंकले ३०२ शाखा, ३१५ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ इकाइमार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।