दक्षिण एसियाका सयौँ अर्थशास्त्री, नीतिनिर्माता र नागरिक समाजका अगुवाहरु दक्षिण एसियामा बरावर हरित रुपान्तरण वारे छलफल गर्न बुधवार काठमाडौंमा भेला भएक छन् ।
पन्ध्रौ साउथ एसिया ईकोनोमिक सम्मिट नामको उक्त भेलाको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले वुधवार गरे । दक्षिण एसियालमा दिगो र समावेशी विकासको वारेमा छलफल चलाउन उक्त सम्मेलन आयोजना गरिएको आयोजक साउथ एसिया वाच अन ट्रेड, ईकोनोमिक्स एण्ड ईन्भाईरोमेन्ट (सावती) ले जनाएको छ ।
मन्त्री भण्ण्डारीले सम्मेलनको आयोजनाले अहिले महत्वपूर्ण चुनौतिहरु सामना गर्न दक्षिण एसियाली देशको सामूहिक प्रयास आवश्यक रहेको कुरालाई जोड दिने वताए । यसको लागि छलफल, साझेदारी र पुरा गर्न सकिने समाधानका उपायहरु लिनुपर्नेमा उनले जोड दिए ।
बंगलादेशी अन्तरिम सरकारका वातावरण, बन तथा जलवायु परिवर्तन मन्त्रालयका सल्लाहकार सैयदा रिजवाना हसनले दक्षिण एसियाको अन्तरदेशीय समस्याहरु समाधान गर्न क्षत्रिय सहयोग आवश्यक रहेको वताईन् ।
उनले दक्षिण एसिया स्तरको क्षेत्रीय विद्युत प्रशारण लाईन आवश्यक रहेको जसवाट जलविद्युत प्रशारण भई यो क्षेत्रकै हरित रुपान्तरण सहयोग पुग्ने वताइन् । नेपाल र बंगलादेशविच पहिलोपल्ट विद्युत ब्यापार हालै भएको छ । दुवै देशले डेडिकेटेड प्रशारण लाईन वनाउन सहजता गर्न भारतलाई अनुरोध पनि गरेका छन् । सावतीका अध्यक्ष रत्नाकार अधिकारीले क्षेत्रीय साझेदारी र सहयोगले हरित रुपान्तरण गुणात्मक प्रभाव पार्ने वताए ।