काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौंको गोंगबुस्थित भोकमन्त्र प्रालिबीच सिटिजन्स बैंकका ग्राहकलाई विशेष छूट दिने समझदारी भएको छ । सो समझदारीपत्रमा हस्ताक्षरपश्चात् बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकले भोकमन्त्रमा १० प्रतिशतसम्मको आकर्षक छूट पाउने छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकको छ ।
बैंकले डिजिटल बैंकिङको प्रयोग बढाउन र ग्राहकलाई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छूटसम्बन्धी विस्तृत विवरण बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने बताइएको छ ।
हालैमात्र प्रतिष्ठित अवार्ड ‘बैंक अफ द इयर २०२४’ को उपाधि प्राप्त बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ । भौतिक कार्ड विना नै मोबाइलको माध्यमबाट स्क्यान गरी क्रेडिट कार्डको सुविधा उपभोग गर्न सकिने विशेषता यस भच्र्युअल क्रेडिट कार्डमा रहेको बताइएको छ ।