काठमाडौं । प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालित प्रभु स्मार्ट फण्डले असार मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) जेठ महीनाको तुलनामा असार महीनामा बढेको छ ।
जेठ मसान्तमा फण्डको न्याभ १० रुपैयाँ ९१ पैसा रहेकोमा असार मसान्तमा बढेर ११ रुपैयाँ ५२ पैसा पुगेको हो । न्याभसँगै फण्डको नाफामा पनि वृद्धि भएको छ । जेठ मसान्तमा फण्डले रू. ३ करोड ७८ लाख नाफा कमाएकोमा असार मसान्तमा बढेर रू. ९ करोड ९१ लाख पुगेको हो ।
असार महीनामा फण्डको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । जेठ मसान्तमा फण्डको जम्मा आम्दानी रू. ५ करोड ५६ लाख रहेकोमा असार मसान्तमा बढेर रू. ११ करोड ८६ लाख पुगेको छ ।
त्यस्तै फण्डले सूचीकृत शेयरमा लगानी पनि बढाएको छ । जेठ मसान्तमा फण्डले सूचीकृत शेयरमा रू. ८५ करोड १२ लाख लगानी गरेकोमा असार मसान्तमा बढाएर रू. ९१ करोड २० लाख पु¥याएको हो । असार मसान्तमा फण्डले डिबेञ्चर ÷बोण्डमा रू. ७ करोड ६८ लाख लगानी गरेको छ ।