चैत २८, काठमाडौं (अस) । भार्गव विकास बैङ्क लिमिटेडको हकप्रद शेयरको निष्कासन तथा विक्री बन्द चैत २८ गते (आज)देखि गर्ने भएको छ । कम्पनीले १ बराबर १ (१ः१) अनुपातमा हकप्रद शेयर फागुन २४ गतेदेखि चैत २८ गतेसम्म निष्कासन गरेको हो । कम्पनीको शेयरधनीका लागि प्रति शेयर एक सय अङ्कित दरको १२ लाख कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । बैङ्कको हकप्रद शेयर निष्कासन प्रयोजनको लागि फागुन ११ गतेसम्म शेयर किन्ने वा शेयर स्वामित्व हुने शेयरधनीहरले हकप्रद शेयर खरीद गर्नको लागि आवेदन दिएका थिए । हकप्रद शेयर खरीदका लागि कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । हकप्रद शेयर निष्कासनपछि कम्पनीको चुक्ता पूँजी रू. २४ करोड पुग्नेछ ।