चितवन। नेपाल अटोमोबाइल एशोसिएसन (नासा) अन्तर्गतको बागमती प्रदेश अटोमोबाइल संघले ‘भरतपुरमा सार्वजनिक यातायातको अवस्था’ विषयमा व्यवसायी एवं विद्यार्थीबीच अन्तरक्रिया गरेको छ । बागमती प्रदेश अटोमोबाइल संघका अध्यक्ष राजन पियाले भरतपुर महानगरभित्रको सार्वजनिक यातायातलाई प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए ।
उनले भरतपुर महानगर स्मार्ट सिटी बनाउन सार्वजनिक यातायातको पनि ठूलो भूमिका रहने भन्दै भरतपुर क्षेत्रभित्रको सार्वजनिक यातायातको हालको अवस्था र यसको सुधारको विषयमा इन्जिनियरहरूले एक महीनादेखि अध्ययन गरिरहेको जानकारी दिए । नेपाल पोलिटेक्निक इन्स्टिच्युट भरतपुरका विद्यार्थीसँग र यातायात व्यवसायीसँग अन्तरक्रिया गरिएको हो ।